डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले पदोन्नति भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन गर्दै थप जिम्मेवारीलाई उच्च व्यावसायिकता, अनुशासन र समर्पणका साथ निर्वाह गर्न निर्देशन दिनुभएको छ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार प्राविधिक प्रहरी सहायक निरीक्षक पदबाट प्राविधिक प्रहरी नायव निरीक्षक तथा प्राविधिक प्रहरी वरिष्ठ हवल्दार पदबाट प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भएका प्रहरी कर्मचारीलाई आइतबार आयोजित विशेष कार्यक्रममा डिआईजी घिमिरेले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी घिमिरेले पदोन्नति केवल अवसर मात्र नभई थप जिम्मेवारी र उत्तरदायित्वको प्रतीक भएको उल्लेख गर्दै संगठनप्रति निष्ठावान रही नागरिकमैत्री तथा प्रभावकारी सेवा प्रवाहमा सक्रिय हुन आग्रह गर्नुभयो। उहाँले पदोन्नत कर्मचारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट नतिजा दिन प्रेरित गर्नुभयो।

उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया लगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। साथै विभिन्न तहका प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमले संगठनभित्रको व्यावसायिक विकास र मनोबल अभिवृद्धिमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।

पदोन्नत प्रहरी कर्मचारीलाई सम्मानसहित दर्ज्यानी चिन्ह सुशोभन गरिएको यस कार्यक्रमले प्रहरी संगठनमा मेहनत, क्षमता र समर्पणको उचित मूल्यांकन हुने सन्देशसमेत दिएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
456 Shares