

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अझै केही दिन तातो मौसम कायमै रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा बुधबारसम्म तातो दिनको अवस्था कायमै रहने जनाएको छ। यी क्षेत्रमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन जारी रहने देखिएको छ।
महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भोलि र पर्सि पनि मौसममा धेरै परिवर्तन नहुने देखिएको छ। तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पर्याप्त वर्षा नहुँदा तातो दिनको अवस्था अझै केही दिन कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले घाममा लामो समय नबस्न, पर्याप्त पानी पिउन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





