

निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
झापा । चिया निर्यातमा देखिएको समस्याका कारण उद्योग गम्भीर संकटमा परेपछि नेपाली चिया उद्योगीहरूले भोलिदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने घोषणा गरेका छन्।
बुधबार नेपाल चिया उत्पादक संघ, झापाले पत्रकार सम्मेलन गर्दै उद्योग र बगान बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।
उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी)’ का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यो कदम चाल्न बाध्य भएको हो।
उद्योग बन्द हुँदा करिब ६० हजार श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ।
संघका अनुसार नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको छ, जसमा करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको छ।
उद्योगीहरूले वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व सरकारलाई बुझाउँदै आएको दाबी गर्दै निर्यात अवरोधका कारण ठूलो आर्थिक क्षति हुने चेतावनी दिएका छन्।
यसअघि मुख्य उत्पादन सिजनमै बिक्री नहुँदा इलामका ५३ चिया उद्योग पनि बन्द भइसकेका छन्।
उद्योगीहरूले भारतको विकल्पमा बंगलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा निर्यात विस्तार गर्न सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
यसैबीच प्रतिनिधिसभामा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यात समस्या समाधानका लागि कूटनीतिक तथा प्राविधिक दुवै तहबाट पहल भइरहेको बताएकी छन्।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
९ घण्टा अगाडि
2.4kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



