

अमेरिका–इरान शान्ति सम्झौताको प्रभाव : कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून
काठमाडौं । अमेरिका र इरानबीच भएको शान्ति सम्झौता तथा स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने अपेक्षासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलडमरूमध्य खुल्ने संकेतसँगै आपूर्ति अवरोधको जोखिम घटेपछि तेलको मूल्यमा गिरावट आएको हो।
मंगलबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य ४ प्रतिशतले घटेर प्रतिव्यारेल ७९.८७ अमेरिकी डलरमा पुगेको छ। पछिल्लो तीन महिनामा पहिलोपटक ब्रेन्ट तेल ८० डलरभन्दा तल झरेको हो।
त्यस्तै अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य ४.५ प्रतिशतले घटेर प्रतिव्यारेल ७७.१६ डलरमा कायम भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा हुने शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन्। यसअघि इरानमाथि सैन्य कारबाहीपछि उक्त रणनीतिक समुद्री मार्गमा तेल ट्याङ्करको आवतजावत प्रभावित भएको थियो।
हर्मुज जलडमरूमध्य विश्वकै प्रमुख ऊर्जा ढुवानी मार्गमध्ये एक हो। यही मार्ग हुँदै ठूलो मात्रामा कच्चा तेल र एलएनजी ढुवानी हुने भएकाले यहाँको तनावले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।
विश्लेषकहरूले मध्यपूर्वमा तनाव घट्दै गएमा र ऊर्जा आपूर्ति सहज भएमा तेलको मूल्यमा थप गिरावट आउन सक्ने तथा विश्व ऊर्जा बजारमा स्थिरता आउने अपेक्षा गरेका छन्।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



