

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प, हालसम्म क्षतिको विवरण छैन
काठमाडौं । मध्य इन्डोनेसियाको सुलावेसी क्षेत्रमा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्व क्षेत्रमा स्थानीय समयअनुसार बिहान १०ः२७ बजे भूकम्प गएको हो।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सीका अनुसार पालु र सिगी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो। तर हालसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।
एजेन्सीले भूकम्पपछि सुनामीको जोखिम नरहेको जनाएको छ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले इन्डोनेसियामा बारम्बार भूकम्प जाने गरेको छ। यसअघि सन् २०१८ मा पालु क्षेत्रमा गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा २ हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





