संखुवासभा कारागारभित्र दुई कैदीको हत्या : १५ जनालाई जन्मकैदको सजाय

संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीभित्र दुई जना कैदीको हत्या प्रकरणमा १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ।

२०८० साउन २४ गते कारागारभित्र २० वर्षीय विनोद तोलाङ्गी र २८ वर्षीय आकाश बलामीको मृत्यु भएको घटनामा जिल्ला अदालत संखुवासभाले जन्मकैदको फैसला गरेको हो।

घटनामा कारागार सुरक्षाकर्मी र कैदीबन्दीहरूको सामूहिक कुटपिटबाट दुई कैदीको मृत्यु भएको निष्कर्ष विभिन्न छानबिन समितिहरूले निकालेका थिए। मानव अधिकार आयोगसहित गृह मन्त्रालय, प्रदेश प्रहरी र जिल्ला सुरक्षा समितिले पनि सोही निष्कर्ष प्रस्तुत गरेका थिए।

घटनापछि प्रहरी र कैदी गरी १५ जनामाथि मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम सबै अभियुक्तलाई जन्मकैदको सजाय सुनाएको हो।

फैसलाअनुसार दोषी ठहर हुनेहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राई र चौकीदार राम कार्की रहेका छन्।

त्यसैगरी बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैद सजाय सुनाइएको छ।

अदालतले प्रत्येक मृतकका परिवारलाई प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
173 Shares