

सरकारी भवनमा रहेका संघ–संस्थाका कार्यालय हटाउन काठमाडौं प्रशासनको कडा निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्थाका कार्यालय हटाउन कडा निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका प्राविधिक तथा पेशागत संघ–संस्थाहरूले सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेको पाइएकाले ७ दिनभित्र स्थान खाली गर्न भनिएको छ।
यसैगरी, सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि त्यस्ता संघ–संस्थाका बोर्ड, साइनबोर्ड तथा अन्य संरचना हटाई ओगटिएको स्थान तत्काल खाली गराउन निर्देशन दिइएको छ।
प्रशासनले सूचनाको अवज्ञा गरी सरकारी संरचनामा कार्यालय सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। सरकारी सम्पत्तिको दुरुपयोग रोक्ने उद्देश्यसहित गरिएको यो निर्णयले विभिन्न संघ–संस्थामा प्रभाव परेको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





