

एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण तथा अनुगमन गर्दै अपराध अनुसन्धानलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा एसएसपी कोइरालाले CAP अन्तर्गत सञ्चालित अपराध अनुसन्धान तथा कारवाही शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नागरिक सहायता कक्ष लगायत विभिन्न शाखाहरूको अवलोकन गर्नुभएको थियो। उहाँले शाखाहरूबाट प्रदान गरिँदै आएका सेवाको अवस्था, अनुसन्धान प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहको गुणस्तरबारे जानकारी लिनुभएको थियो।
अवलोकनपछि प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै एसएसपी कोइरालाले नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो। उहाँले अपराध अनुसन्धानलाई तथ्य, प्रमाण र कानूनी प्रक्रियामा आधारित बनाई छिटो, निष्पक्ष र परिणाममुखी ढंगले अगाडि बढाउन निर्देशन दिनुभयो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित संवेदनशील घटनाहरूको अनुसन्धानमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उहाँले पीडितमैत्री व्यवहार, मानव अधिकारको सम्मान तथा सेवा प्रवाहमा उच्च व्यावसायिकता कायम राख्न प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो।
एसएसपी कोइरालाले नागरिक सहायता कक्षलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीले सहज, सरल र छिटो सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो। साथै, प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धि गर्न अनुशासन, इमान्दारिता र जिम्मेवारीपूर्ण कार्यशैली अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
उहाँको निरीक्षण तथा निर्देशनले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुका साथै नागरिक सुरक्षाप्रति प्रहरी संगठनको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





