प्यूठानको झिमरुकमा मकैबारीमा ५५ वर्षीया महिलाको शव फेला

प्यूठान । प्यूठान जिल्लाको झिमरुक गाउँपालिकामा एक ५५ वर्षीया महिलाको शव मकैबारीमा फेला परेको छ।

आइतबार झिमरुक गाउँपालिका–६ भण्डारीपोखरा बस्ने सावित्रा कुमालको शव ढुङ्गेठाटीस्थित मकैबारीमा फेला परेको प्रहरी समाचार कक्षले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ। मृतकको मृत्युको कारण भने हालसम्म खुल्न नसकेको जनाइएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
272 Shares