

लागुऔषध कारोबारमा संलग्न १३ जना पक्राउ : ट्रामाडोलसहित ठूलो परिमाणमा लागूऔषध बरामद
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले ठूलो परिमाणमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार काठमाडौंको टोखा र चन्द्रागिरिमा फार्महाउस सञ्चालन गर्दै आएका व्यक्तिहरूले भारतबाट लागूऔषध खरिद गरी ल्याएर फार्महाउस परिसरको जमिनमा खाडल बनाएर लुकाई बिक्री वितरण गर्दै आएको खुलेको छ।
जेठ २७ देखि ३१ गतेसम्म गरिएको छापामार कारबाहीमा २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २ हजार ४ सय एम्पुल तथा ७ लाख ८७ हजार ५ सय रुपैयाँ नगदसहित २८ थान मोबाइल बरामद गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ–२ का निमा तामाङ (२२), किस्पाङ–२ का विक्रम लामा (२३), रुपन्देही बुटवल–७ का सागर बुढाथोकी (२९), भक्तपुर मध्यपुर ठिमी–४ का उद्धव श्रेष्ठ (४५), भक्तपुर चाँगुनारायण–७ का विकास काफ्ले (२७), सिन्धुली फिक्कल–४ की माया विशड्खे (३२), कालीकोट पलाता–३ का खड्क रोकाया (२६), कालीकोट पलाता–३ की कमला थामी (२७), बाजुरा स्वामिकार्तिक खापर–१ की मेनुका थामी (२९), बारा जितपुर सिमरा–७ का प्रदीप (सञ्जय साह सोनार) (३४), पर्सा बहुदरमाई–९ का प्रमोदप्रसाद कलवार (३६), काठमाडौं–१६ की मोनिका श्रेष्ठ (४०) र काठमाडौं–७ की सुशीला महर्जन (२९) रहेका छन्।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





