

“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
काठमाडौं ।
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयले “जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान आजदेखि औपचारिक रूपमा सुरु गरेको छ।
अभियानको सुरुवातसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्ले स्वयं पुतलीसडकस्थित व्यस्त चोकमा उपस्थित भई ट्राफिक व्यवस्थापनमा सहभागी हुँदै चालक तथा पैदलयात्रीलाई सचेतना दिएका थिए। उनले सडक अनुशासन पालना गरे दुर्घटना न्यूनीकरणका साथै अनावश्यक जरिवानाबाट पनि बच्न सकिने बताएका थिए।
ट्राफिक प्रहरीले जनाएको अनुसार यो अभियान उपत्यकाभर सञ्चालन गरिनेछ र विशेष गरी भीडभाड हुने चोक, मुख्य सडक र दुर्घटना सम्भावित क्षेत्रमा केन्द्रित रहनेछ।
अभियानले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउनुका साथै सडक सुरक्षा सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





