अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्तमा डुङ्गामा आक्रमण, एक जनाको मृत्यु

ललितपुर । अमेरिकी सैन्य अधिकारीहरूले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

यो आक्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ल्याटिन अमेरिकाबाट हुने लागूऔषध तस्करी नियन्त्रण गर्न सञ्चालन गरिएको सैन्य अभियान ‘साउदर्न स्पियर’ अन्तर्गत भएको जनाइएको छ।

अमेरिकी युएस साउदर्न कमान्ड (साउथकम) का अनुसार गुप्तचर सूचनाका आधारमा उक्त डुङ्गा नार्को–तस्करी मार्गमा संलग्न रहेको पुष्टि भएपछि कारबाही गरिएको हो।

साउथकमले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै आक्रमणपछि घाइतेहरूको खोजी तथा उद्धार कार्य अमेरिकी तट–रक्षकमार्फत भइरहेको जनाएको छ।

यस अभियानअन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा हालसम्म २०० भन्दा बढीको मृत्यु भइसकेको एएफपीले जनाएको छ।

तर कानुनी विज्ञ र अधिकार समूहहरूले भने नागरिकहरूलाई लक्षित यस्ता आक्रमण गैरन्यायिक हुन सक्ने भन्दै आलोचना गर्दै आएका छन्।

Facebook Comments Box
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
१ दिन अगाडि

1.8kViews 380 Shares Share on Facebook Share on Twitter बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले समाजमा शान्ति…

TOP
145 Shares