डीएभी कलेजका कक्षा १२ का छात्रको छतबाट खसेर मृत्यु

ललितपुर । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक छात्रको कलेजको छतबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–७ चाबहिलका १८ वर्षीय आर्यन सिंह रहेका छन्। उनी कक्षा १२ मा अध्ययनरत थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सिंह सोमबार दिउँसो करिब साढे १२ बजे कलेजको छतबाट खसेका थिए। उनलाई तत्काल उपचारका लागि सुमेरू सिटी अस्पताल लगिएकोमा चिकित्सकले साँझ मृत घोषणा गरेका थिए।

घटनाअघि उनले कपीमा हिन्दी भाषामा केही कुरा लेखेको पाइएको प्रहरीले जनाएको छ। उक्त लेखाइ अध्ययन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
402 Shares