

रुपन्देही अदालतले संगठित अपराध मुद्दा फिर्ता गर्न अनुमति दिएपछि रवि लामिछानेलाई कानुनी राहत
रुपन्देही । सहकारी प्रकरणसँग सम्बन्धित मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कानुनी राहत मिलेको छ।
रुपन्देही जिल्ला अदालतले उनीविरुद्ध दायर गरिएको संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन सरकारी पक्षलाई अनुमति दिएको छ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो। यससँगै सुप्रिम सहकारी प्रकरणमा लामिछानेमाथि लगाइएको संगठित अपराधको आरोप हट्ने प्रक्रिया अघि बढेको छ।
लामिछाने, जीबी राईलगायत प्रतिवादीविरुद्ध सहकारी बचत रकम हिनामिनासम्बन्धी मुद्दासँगै संगठित अपराधको अभियोग दायर गरिएको थियो। तर महान्यायाधिवक्ता कार्यालयले विभिन्न जिल्लामा दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन यसअघि नै स्वीकृति दिइसकेको बताइएको छ।
यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि यस्तै प्रकृतिको अभियोग फिर्ता गर्न अनुमति दिइसकेका छन्।
कानुनी जानकारहरूका अनुसार संगठित अपराधको आरोप हटे पनि सहकारी ठगीसम्बन्धी मूल मुद्दा भने यथावत् रहनेछ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





