

भारतमा सीजेपी संस्थापक अभिजीत दीपकेमाथि सार्वजनिक कार्यक्रममा कुटपिट,पाँच जना पक्राउ
जयपुर । भारतको कक्रोज जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेमाथि जयपुरमा सार्वजनिक कार्यक्रमकै क्रममा कुटपिट भएको छ।
जयपुरस्थित शहीद स्मारकमा सीजेपीले नीट पेपर लीक, शिक्षा व्यवस्था र बेरोजगारीको मुद्दालाई लिएर आयोजना गरेको विरोध प्रदर्शनका क्रममा घटना भएको हो।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा समर्थकहरूले दीपकेलाई काँधमा बोकेर लैजाँदै गर्दा भीडबाट केही युवाहरूले अचानक आक्रमण गरेको देखिन्छ। घटनापछि भीडले आक्रमण गर्ने युवाहरूमाथि कुटपिट गरे पनि दीपकेले उनीहरूलाई छोड्न आग्रह गरेका थिए।
सीजेपीका मिडिया इन्चार्ज अभिषेक जैनका अनुसार दीपकेमाथि थप्पड प्रहार गर्ने तीन युवासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू कुनै संगठनसँग आबद्ध छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रतिक्रिया दिँदै दीपकेले शारीरिक आक्रमणलाई ‘डर र कायरताको संकेत’ भएको बताएका छन्। उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याउँदै शान्तिपूर्ण रूपमा आवाज उठाइरहने बताएका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





