

काठमाडौं प्रहरीले जेठमा २३ लाख ९९ हजारको राजस्व चुहावटका सामान बरामद, १ हजार ४१० जना कारबाहीमा
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ महिनामा राजस्व चुहावट तथा भन्सार छलिसँग सम्बन्धित २३ लाख ९९ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार बरामद सामग्रीमा हरियो केराउ, कोइला, चश्मा, बिस्कुट, मोबाइल तथा शक्तिबद्र्धक पेय पदार्थ रहेका छन्।
काठमाडौं प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ अन्तर्गत जेठ महिनामा १ हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको जनाएको छ। पक्राउ पर्नेमा १९९ महिला, १ हजार २१८ पुरुष र अन्य तीन जना रहेका छन्।
अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत ठमेल क्षेत्रबाट विभिन्न देशका २१ महिलालाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी फिर्ता पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जेठ महिनामा जघन्य तथा गम्भीर अपराधसम्बन्धी २५७, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ५१, आर्थिक अपराधसम्बन्धी ४९४ र अन्य ३५८ गरी कुल १ हजार १६० मुद्दा दर्ता भएका छन्।
यस्तै हुण्डीसम्बन्धी दुई मुद्दामा २० लाख ७५ हजार ५०० रुपैयाँ बिगोसहित अनुसन्धान अघि बढाइएको छ भने सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ।
सो अवधिमा दुई थान बन्दुक र ४६ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको छ। शान्ति सुरक्षाका लागि चेकिङ, गस्ती, ड्युटी अनुगमनलगायत कार्यमा ६७ हजार ९४९ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
जेठ महिनामा काठमाडौंमा ३०९ धर्ना, ७७ विरोध कार्यक्रम, ६ मसाल जुलुस, ४ रिले अनशन र ३ कोणसभा गरी ४३४ वटा कार्यक्रम भएका थिए। ती कार्यक्रम व्यवस्थापनका लागि १० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१० घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



