

विश्वकप २०२६ : उज्बेकिस्तानलाई हराउँदै कोलम्बियाको विजयी सुरुवात
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बियाले विजयी सुरुवात गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह ‘के’ मा महत्वपूर्ण तीन अंक जोडेको हो।
खेलको ४०औँ मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसबेक फैजुल्लाएभको गोलमार्फत बराबरी गरेको थियो।
तर उज्बेकिस्तानको बराबरी धेरै समय टिक्न सकेन। खेलको ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए।
उज्बेकिस्तानले दोस्रो हाफमा दबाब सिर्जना गरे पनि थप गोल गर्न सकेन। इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल थपेपछि कोलम्बियाले ३–१ को जित सुनिश्चित गर्यो।
यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। यसै समूहको अर्को खेलमा पोर्चुगल र कङ्गोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
५ घण्टा अगाडि
1.5kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



