

मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाको आठ महिने कार्यकाल सम्पन्न भएको छ। छोटो अवधिको जिम्मेवारी भए पनि उनले मधेश प्रदेश प्रहरी प्रशासनमा सुधार, सुशासन, सेवा प्रवाह र समग्र सुरक्षा व्यवस्थापनमा देखाएको सक्रियता तथा नेतृत्वलाई धेरैले ऐतिहासिक र उदाहरणीय कार्यकालका रूपमा मूल्यांकन गरेका छन्।
डिआईजी थपलियाले आफू कति समय कार्यरत रहे भन्नेभन्दा पनि आफ्नो कार्यकालमा मधेश प्रदेश प्रहरी प्रशासनमा सुधार, नागरिक अपेक्षाअनुसार प्रहरी सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, सुशासन कायम गर्न तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन के कस्ता पहल र योगदान गर्न सकियो भन्ने विषयलाई बढी महत्व दिएको बताएका छन्।
उनको नेतृत्वमा मधेश प्रदेश प्रहरीभित्र वर्षौंदेखि विवादित बन्दै आएको ‘घुमुवा प्रहरी’ प्रणालीविरुद्ध विशेष अभियान सञ्चालन गरिएको थियो। साथै प्रहरी संगठनभित्र सक्रिय बिचौलिया प्रवृत्तिलाई नियन्त्रण तथा निष्क्रिय बनाउन समेत महत्वपूर्ण पहल गरिएको बुझिएको छ। यस अभियानले प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिताको वातावरण निर्माण गर्न मद्दत पुगेको बताइन्छ।
डिआईजी थपलियाले कार्यभार सम्हालेसँगै नेपाल प्रहरीभित्र लामो समयदेखि विकृतिका रूपमा रहेको घुमुवा प्रहरी व्यवस्थाको सुधारलाई प्राथमिकतामा राखेका थिए। सोही क्रममा मधेश प्रदेशमा पटक–पटक काज तथा सरुवा भई आएका, एक वर्षभन्दा बढी समयदेखि घुमुवा प्रहरीका रूपमा कार्यरत तथा विभिन्न विवादमा मुछिएका प्रहरी कर्मचारीहरूको छानबिन गरी उनीहरूलाई जिम्मेवारीबाट हटाएर अन्य जिल्ला तथा प्रदेशबाहिर खटाउने प्रक्रिया अघि बढाइएको थियो।
प्राप्त जानकारीअनुसार उक्त अभियानअन्तर्गत जवानदेखि प्रहरी उपरीक्षक (एसपी) तहसम्मका करिब २५० प्रहरी कर्मचारीलाई मधेश प्रदेशबाट हटाइएको थियो। डिआईजी थपलियाका अनुसार यो सुधार अभियानको सुरुआत मात्र हो र मधेश प्रदेश प्रहरीमा दीर्घकालीन सुधारका लागि अझै धेरै काम गर्न बाँकी छन्।
उनले घुमुवा प्रहरी प्रणालीलाई “कचमचिएको पिलो जस्तै घाउ” को संज्ञा दिँदै सुधारका क्रममा विभिन्न प्रतिक्रिया आउनु स्वाभाविक भएको बताएका छन्। “यसरी बिग्रेको पिलो घाउ निचोर्दा केही छिटा पर्नु नौलो कुरा होइन। समाजले सत्य, तथ्य र प्रमाणका आधारमा मूल्यांकन गर्ने विश्वास लिएको छु,” उनले बताएका छन्।
उनको कार्यकालमा केही असन्तुष्ट प्रहरी कर्मचारी, बिचौलिया समूह तथा स्वार्थ समूहले विभिन्न माध्यमबाट अनर्गल प्रचारबाजी गर्दै विवादमा ल्याउने प्रयास गरेको चर्चा भए पनि उनले आफ्नो अभियानलाई निरन्तरता दिँदै अघि बढेका थिए। “असत्य टिक्दैन र सत्य कहिल्यै झुक्दैन” भन्ने दृढ विश्वासका व्यक्तित्वका रूपमा चिनिएका थपलियाले आलोचना र दबाबबीच पनि सुधार अभियानलाई रोक्न दिएनन्।
मधेश प्रदेशलाई नजिकबाट बुझेका प्रहरी अधिकारीका रूपमा परिचित डिआईजी थपलियाले प्रहरी कार्यालयका मुद्दा शाखामा हुने भनिएका अनियमितता नियन्त्रण, सर्वसाधारण, निम्नवर्गीय, पिछडिएका तथा पीडित नागरिकलाई न्याय दिलाउने वातावरण निर्माण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा संगठनभित्र आन्तरिक शुद्धीकरणको अभियानलाई विशेष प्राथमिकता दिएका थिए।
उनको नेतृत्वमा सुरु भएको सुधार अभियानबाट वर्षौंदेखि आर्थिक लाभका लागि मधेश प्रदेशमा प्रभाव जमाएर बसेका केही प्रहरी कर्मचारी तथा बिचौलिया समूह असन्तुष्ट बनेको चर्चा भए पनि उनले आफ्नो लक्ष्यबाट विचलित नभई अभियानलाई निरन्तरता दिएका थिए। “नबिराउनु, नडराउनु” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै उनले संगठनभित्र सुधारका लागि साहसिक निर्णयहरू गरेको उनका सहयोगीहरू बताउँछन्।
डिआईजी थपलियाको कार्यकालमा थालिएका आन्तरिक शुद्धीकरण, सुशासन, अनुशासन तथा सेवा सुधारका प्रयासहरूको निरन्तरता कायम रहन सके आगामी दिनमा मधेश प्रदेश प्रहरी प्रशासनमा अझ व्यापक परिवर्तन सम्भव हुने अपेक्षा गरिएको छ। सुरक्षा विज्ञहरूका अनुसार मधेश प्रदेश प्रहरीको आगामी नेतृत्वले पनि उनले सुरु गरेका सुधारका कार्यक्रमलाई निरन्तरता दिन सके नागरिकले अझ प्रभावकारी, पारदर्शी र जवाफदेही प्रहरी सेवा प्राप्त गर्नेछन्।
आठ महिनाको अवधिमा डिआईजी गोबिन्द थपलियाले मधेश प्रदेश प्रहरीमा सुरु गरेको सुधार अभियान, घुमुवा प्रहरी व्यवस्थामाथिको नियन्त्रण, बिचौलिया प्रवृत्तिविरुद्धको कदम तथा प्रहरी संगठनलाई नागरिकमैत्री बनाउने प्रयासलाई धेरैले साहसिक, दूरदर्शी र ऐतिहासिक पहलका रूपमा लिएका छन्। मधेश प्रदेश प्रहरी प्रशासनमा उनले छोडेको सुधारको आधारशिला आगामी दिनमा अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
६ घण्टा अगाडि
1.8kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



