लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ ।

  1. हिजो दिउँसोदेखि सुरु भएको रथ तान्ने कार्य बेलुकीसम्म जावलाखेलमा सम्पन्न गरिएको हो । जावलाखेल पुर्‍याइएपछि अब पर्सि शनिवार भोटो जात्रा मनाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखी बुङ्गमती लगिनेछ भने मिननाथलाई रथमा राखेर टंगल लगिनेछ । त्यससँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन हुनेछ ।

ज्योतिषहरूले गत वैशाख २४ गते नै हिजोका लागि साइत निकालेअनुसार रथलाई लगनखेलबाट जावलाखेलसम्म तानिएको हो । यस वर्षको रथारोहण वैशाख ५ गते सम्पन्न भएको थियो भने वैशाख ८ गतेदेखि रथ तान्ने यात्रा सुरु गरिएको थियो ।

देशकै सबैभन्दा लामो मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न हुने परम्परा रहँदै आएको छ ।

Facebook Comments Box
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
२ घण्टा अगाडि

1.3kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…

TOP
326 Shares