

दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
कास्की ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीमा पदोन्नति प्राप्त प्राविधिक प्रहरी नायव निरीक्षकलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.न. ७६५७, मिति २०८३/०२/२९ को निर्णयअनुसार प्राविधिक प्रहरी समूह अन्तर्गत प्रहरी सहायक निरीक्षक पदबाट प्राविधिक प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनुभएका बिष्णु प्रसद रेग्मीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।
उक्त सुशोभन कार्यक्रम तालुक कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले सम्पन्न गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा एसपी काफ्लेले नवनियुक्त प्रहरी नायव निरीक्षक रेग्मीलाई बधाई ज्ञापन गर्दै संगठनले सुम्पिएको जिम्मेवारीलाई इमान्दारी, निष्ठा र पेशागत दक्षताका साथ सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम शिष्ट, औपचारिक तथा मर्यादित वातावरणमा सम्पन्न भएको कार्यालयले जनाएको छ ।
समाज
थप सामाग्री-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
२ घण्टा अगाडि
1.3kViews 157 Shares Share on Facebook Share on Twitter काभ्रेपलाञ्चोक । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन…



