जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै

काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ। राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो प्रदर्शन गरेपछि जात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ।

नेपालकै सबैभन्दा लामो सांस्कृतिक तथा धार्मिक पर्वमध्ये एक मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम दिउँसो ४ बजेपछि हुने तयारी छ। यस अवसरमा सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई भोटो प्रदर्शन गरिनेछ।

वैशाख शुक्ल प्रतिपदाबाट सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा राखी पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुर्‍याइएको थियो। रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा रहेको छ।

भोटो जात्रा सकिएपछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मिननाथलाई रथमै राखेर पाटनको टंगलस्थित मन्दिरमा लगिनेछ।

यस वर्ष जावलाखेलस्थित सदर चिडियाखाना भने बर्डफ्लु संक्रमणका कारण अनिश्चितकालका लागि बन्द रहेकाले जात्रामा आउनेहरूले भोजका लागि खेलमैदान प्रयोग गर्ने व्यवस्था गरिएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
250 Shares