

मुस्ताङबाट भित्रिएका ईभी गाडी कानुनअनुसार जाँचपास, रसुवामा भने गम्भीर कैफियत फेला
काठमाडौं । भन्सार विभागले मुस्ताङ भन्सारबाट भित्रिएका विद्युतीय गाडीहरू नियमसंगत रूपमा जाँचपास भएको स्पष्ट पारेको छ भने रसुवा भन्सारमा जाँचपास प्रक्रियामा गम्भीर कैफियत भेटिएको जनाएको छ।
विभागका अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय गाडी कानुनी प्रक्रिया पूरा गरेरै नेपाल भित्रिएको र सबै गाडी नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको छ। ती गाडीहरू जेठ १४ गते नेपाल प्रवेश गरेको र सोही समयमै भन्सार प्रक्रिया पूरा भएको अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ।
अनुगमन टोलीले आधिकारिक अभिलेख, कागजात तथा सिसीटीभी फुटेजको विस्तृत अध्ययनपछि मुस्ताङ भन्सारको जाँचपास प्रक्रिया नियमअनुसार नै भएको ठहर गरेको विभागले जनाएको छ।
तर रसुवा भन्सार कार्यालयमा गरिएको जाँचपास प्रक्रियामा भने गम्भीर लापरबाही देखिएको विभागको भनाइ छ। अनुगमन टोलीले स्थलगत अध्ययन गर्दा कतिपय विद्युतीय गाडीहरू भौतिक रूपमा भन्सारमा नआइपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको पाइएको जनाएको छ।
भन्सार विभागले कर्मचारीहरूको जिम्मेवारी निर्वाहमा कमजोरी र पर्याप्त सावधानी नअपनाइएको निष्कर्ष निकाल्दै रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही अघि बढाइसकेको छ।
यसैबीच विभागले विभिन्न कम्पनी तथा एजेन्टहरूलाई पनि प्रचलित भन्सार कानुनअनुसार कारबाहीका लागि सम्बन्धित रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। कारबाहीको दायरामा लक्ष्मी इमोबिलिटी, साइमेक्स इन्क, सिजी मोटर्स, पूजा इन्टरनेसनललगायत कम्पनी तथा एजेन्टहरू परेका छन्।
विभागले भन्सार प्रक्रियामा पारदर्शिता, कानुनी पालना र जिम्मेवारी सुनिश्चित गर्न अनुगमन थप कडा बनाइने जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





