

क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
काठमाडौं, असार ६ — “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको “हाम्रो प्रहरी” अभियानलाई लक्षित गर्दै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुँले भवन मर्मत कार्यमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरेको छ।
GEN-Z प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको सामुदायिक सेवा केन्द्रको भवन पुनः मर्मत तथा व्यवस्थापनमा नगद तथा जिन्सी सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूलाई सम्मान गर्दै ताम्रपत्र अनावरण कार्यक्रम सम्पन्न गरिएको हो।
सामुदायिक सेवा केन्द्र गोंगबुँकी अध्यक्ष मिना सिवाकोटीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै एआईजी कार्कीले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा सुरक्षा, विश्वास र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउने बताउनुभयो। उहाँले सामुदायिक संरचना संरक्षण तथा पुनर्निर्माणमा सहयोग गर्ने दाताहरूको योगदान उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरे, प्रहरी वृत्त महाराजगञ्जका डीएसपी नवराज पोखरेल, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शंकर श्रेष्ठ, ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख राजेश सिलवाल, टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरे तथा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी, सामुदायिक प्रहरीका पदाधिकारी, आजीवन तथा साधारण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमले समुदाय र प्रहरीबीचको साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।
भवन मर्मत कार्यमा सहयोग पुर्याउने दाताहरूलाई सम्मान गरिएको उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्व, सहकार्य र सामुदायिक एकताको सशक्त सन्देश दिएको आयोजकले जनाएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





