

बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
1.1kViews
168
Shares
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी शैलेश्वरी बोहराका अनुसार बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
दुर्घटनामा परेका घाइतेमध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने दुई जनाले प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१५ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



