विश्वकपको हजारौँ खेलमा जापानको शानदार जीत, ट्युनिसियामाथि ४–० को फराकिलो जित

काठमाण्डौ । फिफा विश्वकप फुटबलको ऐतिहासिक एक हजारौँ खेलमा जापानले ट्युनिसियालाई ४–० गोल अन्तरले पराजित गरेको छ।

सन् १९३० बाट सुरु भएको विश्वकप प्रतियोगिता ९६औँ वर्षमा आइपुग्दा एक हजार खेल पूरा भएको हो। ऐतिहासिक खेलमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै ट्युनिसियाविरुद्ध चार गोल गरेको हो।

जापानका लागि दाइची कामाडाले खेलको चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाए। आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा दुई गोल गरे भने जुनियाले ६९औँ मिनेटमा अर्को गोल थपे।

समूह ‘एफ’ अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले ट्युनिसियाविरुद्धको जितसँगै ४ अंक जोडेको छ। समान ४ अंकसहित नेदरल्यान्ड्स पनि शीर्ष स्थानमा रहेको छ भने स्विडेन ३ अंकसहित तेस्रो र ट्युनिसिया अंकविहीन हुँदै पुछारमा छ।

विश्वकपअन्तर्गत आज राति स्पेन र साउदी अरेबिया, बेल्जियम र इरान, उरुग्वे र केपभर्डे तथा न्युजिल्यान्ड र इजिप्टबीच खेल हुँदैछन्।

यसअघि भएका खेलमा इक्वेडर र कुराकाओले बराबरी खेलेका छन् भने जर्मनीले आइभरी कोस्टलाई हराउँदै नकआउट चरणमा स्थान बनाएको छ। यस्तै नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोलले पराजित गरेको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
435 Shares