किन भएन सार्वजनिक खरिद अनुगमन कार्यालयको आदेश कार्यान्वयन ? बालेन पथ : जसरी अप्रत्यासित प्रख्याती, उसैगरी पतन मार्गमा लम्कीँदै
काठमाडौं । देशकै राजधानी काठमाडौं शहरको प्रमुखमा चयन हुनु, त्यो पनि निर्वाचन अघि खासै कसैले नचिनेको व्यक्ति । अझ त्यसमा पनि न त रैथाने नै ? अप्रत्यासित रुपमा नगर प्रमुखका रुपमा बिजय हासिल गरेपछि बालेन (बालेन्द्र) साह चर्चामा छाउने नै भए । नछाउन पनि कसरी दुई प्रमुख दलका हस्ती प्रतिस्पर्धीलाई नै पछारेर उनले विजयको माला पहिरीएका हुन्, उनलाई श्रीस्वस्थानी कथामा जस्तो हात्तिले फूलको माला लगाइदिएर चयन गरेको थिएन ।
तर, नगर प्रमुखमा भारी मतका साथ नगरवासीले बिजयी तुल्याइदिए अनुसार बालेन चल्न भने चाहेनन्, अझै भनौं सकेनन् । विगतमा वालेनको लोकप्रियता कति थियो भन्ने देश भित्र मात्रै नभएर विदेशमा समेत वालेन सिटी भनेर काठमाडौंलाई बुझ्न थालेको अवस्था थियो । राजनैतिक दलका शिर्ष नेता मात्र होइन, स्वयम् प्रधानमन्त्री मन्त्री उपस्थित कार्यक्रममा उनीहरुको आगमन भन्दा बालेनको आगमनमा वाहीवाही निकै बढी हुने गथ्र्याे । तर, पछिल्ला दिनमा बालेन स्वयम्को अहंमपनले गर्दा उनलाई मत दिएर त्यो स्थानमा पुराउने शुभचिन्तक नै निराश देखिन थालेका छन् । केही व्यक्ति विशेषको इशारामा चल्दै गर्दा आज बालेन जैसी करनी वैसी भरनी को अवस्थामा पुगेकोमा दुई मत छैन । यतीबेला बालेनको उधोगती सुरु भइसकेको छ । यसो भनिरहँदा अझै पनि एकाध व्यक्ति जो बालेनलाई प्रयोग गरेर आफ्नो स्वार्थ लुटीरहेका छन्, उनीहरुलाई नपच्न सक्छ ।
महानगर बालेनको पेवा होइन । उनले महानगरको विकाश र व्यवस्थापनको नेतृत्व मात्र पाएका हुन् । त्यसो भन्दैमा आफ्नो समूह, जो उनका सहयोगी भए पनि उनको निर्देशन पालना गर्नै पर्नेहरु होइनन्, उनीहरुलाई त बालेनले आफ्नो पाल्तु कुकुरकै व्यवहार गर्न थालेको पनि देखियो । कर्मचारीलाई चेसको गोटी चालेजस्तो आफूखुसी गर्न पाइन भनेर आक्रोस व्यक्त गरेको पनि देखियो । आफ्नै घरका परिवार त आफ्नो इच्छा अनुसार चलाउन सकिँदैन, महानगरलाई आफूखुसी, मनलागि ड्राइभ गर्छु भन्ने सोच पाल्नु बालेनको महामुर्खता हो, त्यही महामुर्खताले नै उनलाई पतनको मार्गमा डोहोर्याउँदै लगेको देखिन्छ ।
बिना आधार र प्रमाण बालेन माथि आरोप लगाइनुलाई त पूर्वाग्रही पनि मान्न सकिन्छ । तर आधार र प्रमाणले नै बालेनलाई अहंकारी ठहर गर्ने अवस्था आयो भने नि ?
महानगर प्रमुख बालेन साहले मन पराएका प्रिय पात्र तत्कालिन महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार समेत आधा दर्जन महानगरका कर्मचारी भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ४ करोडको हाराहारीमा भ्रष्टाचार गरेको अभियोग सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । हाल निलम्वित कसैले पनि यसअघि अख्तियारमा वयान दिने क्रममा नगर प्रमुख बालेन साहलाई पोलेका छैनन् । कारण बालेनले जसै जोगाउँछन् भन्ने उनीहरुलाई परेको हुन सक्छ । तर, जव मुद्दा दर्ता नै भयो, तब पनि सकेँ, दैलो पनि देखेँको अवस्थामा निलम्वित उनीहरु पुगेका छन् । सायद विशेष अदालतमा भ्रष्टाचारी आरोपित उनीहरुले बालेन साहको आदेशले गरेको भन्दै त्यहाँ अवस्य पनि पोल्ने नै छन् ।
यथार्थ सबै नबुझेकाहरुले अख्तियारका प्रमुख आयुक्त प्रेम राई प्रधानमन्त्री केपी वलीका खास मान्छे हुन् । उनैको आदेशमा बालेनलाई तर्साउन यो मुद्दा दर्ता भएको हो भन्नेहरु पनि छन् । यथार्थमा त्यसो होइन । त्यसका लागि अख्तियारले भ्रष्टाचार आरोपमा अनुसन्धान अघि बढाउनु अघिको अवस्थामा फर्कनु सान्दर्भीक हुन्छ । कामनपाले सामाखुसी म्हैपी करिडरको ढल निकास सम्वन्धि ठेक्का लगाउने क्रममा गरेको हदैसम्मको झ्याली क्रियाकलापको अवस्थाले यो मुद्दा विशेष अदालतमा पुगेको हो । उक्त ठेक्कामा सहभागी भएको समानान्तर निर्माण सेवा प्रा लिलाई ठेक्का प्रक्रियाबाटै पन्छाएर उसले भन्दा ४ करोड ३१ लाख बढी रकम कवोल गरेको कल्पवृक्ष कोहीनूर जेभीलाई ठेक्का सुम्पीएर भ्रष्टाचार गरिएको थियो । समानान्तर निर्माण कम्पनीलाई बोलकवोल प्रक्रियाबाटै पन्छाउने मात्रै काम भएन, ३ वर्षका लागि कालोसूचीमा समेत हाल्ने कुचेष्टा गरियो । तर, कालोसूचीमा हाल्ने आफ्नै प्रक्रिया हुन्छ, महानगरपालिकाले चालेको त्यो कदम गलत मात्रै छैन, दूराशाययुक्त र दूषित मनोभाव राखेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा समानान्तर निर्माण सेवाले कामनपाले कालो सूचीमा राख्न सिफारिस गरेको निर्णय र राय विरुद्ध दिएको पुनरावेदन उपर सार्वजनिक खरिदअनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले २०८१ साउन २४ गते ३ बुँदे निर्णय गर्दै कालोसूचीमा राख्न सिफारिस गर्ने कर्मचारी उपर प्रचलित कानून बमोजिम कारवाही गर्न विभागिय मन्त्रालयलाई लेखी पठाउन आदेश गर्नु भएको थियो । समानान्तर निर्माण सेवाले दिएको निवेदन उपर फैसला आदेशमा उक्त कम्पनीलाई कालोसूचीमा नराखिएको अभिलेख दर्ता कितावमा उतार गरी राख्नु, कालो सूचीमा राख्न सिफारिस गरी लेखी पठाउने श्री काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई कालो सूचीमा नराखिएको जानकारी गराउनु, विपक्षीले कालो सूचीमा नराखेको निर्णयको प्रतिलिपी माग गरेमा कानून बमोजिम उपलब्ध गराउनु भन्ने आदेश भएको थियो । त्यसैबेला विभागिय कारवाही गरिनु पर्ने कर्मचारीमाथि महानगर प्रमुख बालेन साह नै रक्षाकवज बनिदिएकाले उक्त कारवाही प्रक्रिया तत्कालका लागि टर्दै आएको थियो । तर, अख्तियार दूरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धान पछि उक्त मुद्दा विशेष अदालतमा पुराएको हो । प्रधानमन्त्रीकै प्रत्यक्ष मातहतमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले झण्डै एक वर्ष अघि गरेको आदेशको कार्यान्वयन किन नभएको हो ? यतातर्फ पनि खोजी हुनु पर्दैन र ?
यहीबीच, बालेन साहले कामनपा भित्र आफुखसी गरेका अरु थुप्रै आर्थिक हिनामीनाका क्रियाकलाप बाहिर आउन थालेका छन् । आफ्ना स्वकीय सचिवलाई कामनपाकै खर्चमा नियम विपरित ठूलै धनराशी खर्चेर फ्रान्स भ्रमण गराएको, कमलादीस्थित हाल कामनपा रहेको भवनमा बिना कोटेशन, बिना बोलपत्र कुनै पनि सरकयहीबीच, बालेन साहले कामनपा भित्र आफुखसी गरेका अरु थुप्रै आर्थिक हिनामीनाका क्रियाकलाप बाहिर आउन थालेका छन् । आफ्ना स्वकीय सचिवलाई कामनपाकै खर्चमा नियम विपरित ठूलै धनराशी खर्चेर फ्रान्स भ्रमण गराएको, कमलादीस्थित हाल कामनपा रहेको भवनमा बिना कोटेशन, बिना बोलपत्र कुनै पनि सरकारी निकायसँग समन्वय नगरीकनै करोड बढीको लिफ्ट राखेर आर्थिक हिनामिना गरेको आरोपमा पनि बालेन साहमाथि उजुरी परेको छ । पछिल्ला ३ वर्षमा बालेन साहले गरेका अरु थुप्रै वदमासीका फेरिस्था आउने क्रम सुरु भएको छ । यसले उनी जसरी प्रख्यातीको मार्गमा उचाइँ लिएका थिए, त्यसैगरी पतनोन्मुख हुँदैछन् भन्ने देखीने दिन आउन टाढा छैन ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.4kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



