इजरायली सेनाद्वारा इरानबाट इजरायलतर्फ मिसाइल प्रहार

काठमाडौँ । इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको बताएको छ । यससँगै इजरायलका विभिन्न क्षेत्रहरूमा साइरन बजाइनुको साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको छ।
हाल इजरायली वायुसेनाले आवश्यक स्थानहरूमा मिसाइल अवरुद्ध गर्न र खतरा न्यूनीकरण गर्न सक्रिय रूपमा कारबाही गरिरहेको छ। यो नयाँ प्रहारले पुनः तनाव चर्किने संकेत दिएको बीबीसीले उल्लेख गरेको छ।
केही घण्टा अघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोक्ने हो भने इरानले पनि जवाफी कारबाही नगर्ने बताएका थिए ।
त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको दाबी गरेका थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताए पनि दुई देशबिचको तनाव थप चुलिएको छ ।
समाज
थप सामाग्री
मुग्लिन– नारायणगढ सडक खण्ड ११ बजेदेखि १ बजेसम्म बन्द
३ दिन अगाडि
1.7kViews 384 Shares Share on Facebook Share on Twitter काठमाण्डौ – मुग्लिन – नारायणगढ सडक खण्डमा आज दिउँसो केही समयका…