रौतहटमा बोका चोरी गर्ने युवक पक्राउ, हराएको बोका किसानलाई फिर्ता

मधेस ।
रौतहटमा बोका चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–६ उचिडीका अन्दाजी २७ वर्षीय विक्रम ठाकुर रहेका छन्।

प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–५ निवासी किसान शिवम माझीको घरमा बाँधेर राखिएको बोका हराएको उजुरीपछि खोजी तीव्र पारिएको थियो। सोही क्रममा प्रहरीले बोका सहित विक्रमलाई नियन्त्रणमा लिन सफल भएको हो।

नियन्त्रणमा लिइएका विक्रममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको बोका भने सम्बन्धित किसान शिवम माझीलाई फिर्ता गरिएको छ।

यस घटनाले ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरीका घटनाप्रति सचेत रहनुपर्ने आवश्यकता पनि औंल्याएको छ।

Facebook Comments Box
TOP
200 Shares