

प्रहरी सहायक हवल्दार पवन गिरी ‘पुलिस अफ द मन्थ’ घोषित, चितवन प्रहरीको सम्मान
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चैत महिनाका लागि प्रहरी सहायक हवल्दार पवन गिरीलाई ‘पुलिस अफ द मन्थ’ (Police of the Month) घोषणा गरेको छ ।
उत्कृष्ट कार्यसम्पादन, अपराध अनुसन्धानमा सक्रियता तथा अनुशासित सेवाभावका आधारमा गिरीलाई उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी संगठनभित्र कार्यक्षमता अभिवृद्धि गर्दै सेवाप्रति थप जिम्मेवार बनाउन प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्ने परम्परा अनुसार गिरी यसपटक उत्कृष्ट घोषित भएका हुन् ।
प्रहरी कार्यालयका अनुसार गिरीले आफ्नो जिम्मेवारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै अपराध नियन्त्रण र अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । उनको समर्पण, इमान्दारिता र सेवामुखी व्यवहारलाई उच्च मूल्याङ्कन गर्दै ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो ।
चितवन प्रहरीले यस्ता कार्यक्रमले प्रहरी कर्मचारीमा सकारात्मक प्रतिस्पर्धा बढाउने, कार्यक्षमता अभिवृद्धि गर्ने र सेवाग्राहीप्रति उत्तरदायित्व झन् मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
समाज
थप सामाग्री-
सामुदायिक सहकार्यले मात्रै सम्भव शान्ति सुरक्षा : एसएसपी रमेश थापा
-
वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाद्वारा आरोहण
-
सशस्त्र प्रहरीमा नयाँ नेतृत्व चयनको तयारी तीव्र, आईजीपी दौडमा तीन एआइजीबीच प्रतिस्पर्धा
-
फेक रेस्क्यु ठगी प्रकरणः अनुसन्धानमै चलखेल, दोषी उन्मुक्ति र राज्य संयन्त्रमाथि गम्भीर प्रश्न
-
फेक रेस्क्यु काण्ड: प्रभावशाली सञ्जालले न्यायलाई बन्धक बनायो
आज वैशाख ०६ गते आइतबार,यस्तो छ तपाईको राशिफल
४ घण्टा अगाडि
2.3kViews 374 Shares Share on Facebook Share on Twitter मेष- प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ…



