

यात्रु दुःख दिने गिरोहविरुद्ध प्रहरी कारबाही : काठमाडौंमा १३ जना नियन्त्रणमा
काठमाडौँ । उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न टिकट काउन्टरहरूमा कार्यरत व्यक्तिहरूले यात्रुहरूमाथि दुर्व्यवहार गरेको पाइएपछि प्रहरीले विशेष कारबाही गर्दै १३ जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ चैत २० गते प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बस तथा सुमोमार्फत उपत्यका बाहिर यात्रा गर्न लागेका सर्वसाधारण यात्रुहरूलाई जबरजस्ती आफूहरूले तोकेको सवारी साधनमा चढ्न बाध्य पार्ने, झोला तथा सामान तान्ने र दुःख–हैरानी दिँदै अभद्र व्यवहार गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नयाँ बसपार्क क्षेत्रमा खटिएको प्रहरी प्रभागको टोलीले १२ जनालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी कलंकी स्थित सडक खण्डबाट नेपाल प्रहरी को टोलीले थप १ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि अभद्र व्यवहार तथा जबरजस्तीको आरोपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यात्रुहरूलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न यस्ता गतिविधिविरुद्ध कडाइका साथ कारबाही जारी रहने प्रहरीको भनाइ छ।
समाज
थप सामाग्री-
गुण्डागर्दी आरोपमा पक्राउ परेका वकिल बमलाई रिहा गर्न एमाले सचिव बस्नेतको माग
-
कास्की मिजुरे डाँडामा बिहान ८ः३४ बजे भूकम्पको धक्का
-
डोलप्रसाद अर्याल प्रतिनिधिसभा सभामुख पदमा औपचारिक रूपमा निर्वाचित हुँदै
-
३६ वर्षसम्म सुरक्षाकर्मीलाई ‘हत्कडी’—गृहमन्त्री सुधन गुरुङको टिप्पणीपछि बहस
-
भक्तपुरमा ‘स्विप अपरेसन’ तीव्र : एकै दिन ६० जना पक्राउ, बिस्केट जात्रा लक्षित सुरक्षा कडाइ
आज चैत २२ गते आइतबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
4.0kViews 284 Shares Share on Facebook Share on Twitter मेष- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । व्यापारमा सोचे अनुसारको फाइदा…



