

त्रिभुवन विमानस्थल वरपर सक्रिय ‘बिचौलिया’ गिरोहमाथि प्रहरीको कारबाही, १८ जना पक्राउ
काठमाडौं । आसपास क्षेत्रमा बढ्दै गएको गुण्डागर्दी तथा ठगी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनमा १८ जना पक्राउ परेका छन्।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले विमानस्थल क्षेत्रमै सक्रिय ‘बिचौलिया’ समूहलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरू विभिन्न होटल तथा रेस्टुरेन्टसँग आवद्ध भई हवाई यात्रुहरूलाई लक्षित गर्दै ठगी र दुर्व्यवहारमा संलग्न रहेको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा उनीहरूले विमानस्थलमा आएका यात्रुहरूलाई जबरजस्ती तान्ने, दुःख–हैरानी दिने, आकर्षक प्रलोभन देखाउँदै आफूले मिलेमतो गरेका होटलमा लैजाने र त्यसबापत कमिसन लिने गरेको खुलेको छ। यस्तै, आपसी झगडा र अभद्र व्यवहारमा समेत उनीहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सूर्य माझी, एकेश तामाङ, प्रेम कुमार मगर, राजकुमार राई, मगलमान घलान, खगेन्द्र लिम्बू, आशिष खतिवडा, बिश्व मोक्तान, वीरेन्द्र झा, लडा मिया, पर्सुराम राई, सन्तु तामाङ, रघुवीर साह, राजिब कुमार रावत, सरोज कुमार महतो, अजय लामा, केशब लिम्बू, रामप्रसाद जोसी र बिमलराज जोशी रहेका छन्। उनीहरू विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्दै आएका व्यक्ति हुन्।
प्रहरीले यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न विमानस्थल तथा पर्यटकीय क्षेत्रमा निगरानी थप कडा पारिएको जनाएको छ। साथै, यात्रुहरूलाई अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न र कुनै समस्या परे तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
यस अपरेसनले विमानस्थल क्षेत्रमा लामो समयदेखि चल्दै आएको ‘बिचौलिया’ प्रवृत्तिमाथि प्रभावकारी नियन्त्रण हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
गुण्डागर्दी आरोपमा पक्राउ परेका वकिल बमलाई रिहा गर्न एमाले सचिव बस्नेतको माग
-
कास्की मिजुरे डाँडामा बिहान ८ः३४ बजे भूकम्पको धक्का
-
डोलप्रसाद अर्याल प्रतिनिधिसभा सभामुख पदमा औपचारिक रूपमा निर्वाचित हुँदै
-
३६ वर्षसम्म सुरक्षाकर्मीलाई ‘हत्कडी’—गृहमन्त्री सुधन गुरुङको टिप्पणीपछि बहस
-
भक्तपुरमा ‘स्विप अपरेसन’ तीव्र : एकै दिन ६० जना पक्राउ, बिस्केट जात्रा लक्षित सुरक्षा कडाइ
आज चैत २२ गते आइतबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
4.0kViews 284 Shares Share on Facebook Share on Twitter मेष- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । व्यापारमा सोचे अनुसारको फाइदा…



