‘माफिया छोरो’ दिपक भट्ट पक्राउ: गैरकानूनी आर्थिक गतिविधिमा संलग्न रहेको आरोप

काठमाडौं: देशका प्रमुख माफियामध्येका एक दिपक भट्ट बिहीबार प्रहरीले पक्राउ गरेको छ। छोटो समयमा उच्च आर्थिक हैसियत बनाएका बिचौलिया, व्यापारी तथा तस्करका रूपमा परिचित भट्टमाथि गैरकानूनी क्रियाकलापमा संलग्न भएको आरोप लागेको छ।

सुदूर पश्चिमतिर जन्मिएका दिपक भट्टका पिता चर्तुभुज भट्ट पञ्चायतकालमा सामान्य आर्थिक हैसियतका थिए। तर प्रजातन्त्र स्थापना भएपछि कृषि सामाग्री संस्थानको प्रवन्ध निर्देशक बनेका चर्तुभुज भट्ट भ्रष्टाचारमा लिप्त भई आर्थिक उचाइँमा पुगेका थिए। इजरायलबाट आयात भएको कागजी मलले वास्तविक कृषकलाई पुग्नुको सट्टा गायब हुनु, र सरकारी संस्थानको शिर्ष पदमा नियुक्त भएर व्यक्तिगत फाइदा लिने घटनाहरू सार्वजनिक थिए।

बाबुको बाटो समात्दै दिपक भट्टले दिनदिनै आफ्नो आर्थिक शक्ति बढाउँदै गए। सरकारी ठेक्का प्राप्तीमा अनियमितता, उच्च मुल्यमा क्रय-विक्रय, तस्करी, र शिर्ष नेताहरूसँगको साँठगाँठ मार्फत गैरकानूनी आर्थिक गतिविधि दिपक भट्टको ‘धन्दा’ बन्यो।

स्रोतका अनुसार, दिपक भट्टसँग राजनैतिक नियुक्तिमा प्रभाव पार्ने क्षमता पनि रहेको थियो। प्रहरी महानिरीक्षक र गृह सचिवसम्ममा हस्तक्षेप गर्ने सम्मको पहुँच र प्रभाव उनको विशेषता थियो। तर पछिल्ला दिनमा उनलाई संरक्षण गर्ने शक्तिशाली नेताहरू विभिन्न कारणले अनुसन्धानको दायरामा छन्।

अब, दिपक भट्ट पक्राउ परेपछि उनका साथ साझेदारी गर्ने व्यापारी, उद्योगी र उच्च पदस्थ कर्मचारी–प्रशासकहरू पनि अनुसन्धानको दायरामा पर्न सक्ने सम्भावना बढेको छ। पूर्वमा ‘शक्तिशाली’ माफिया छोरोका रूपमा परिचित भट्ट अहिले निरीह अवस्थामा रहेको बताइएको छ।

विशेष अनुसन्धान टोलीले दिपक भट्टमाथि आगामी दिनमा थप कानूनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ।

 

Facebook Comments Box
भक्तपुरमा ‘स्विप अपरेसन’ तीव्र : एकै दिन ६० जना पक्राउ, बिस्केट जात्रा लक्षित सुरक्षा कडाइ
७ घण्टा अगाडि

2.3kViews 419 Shares Share on Facebook Share on Twitter भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्विप अपरेसन’ अन्तर्गत…

TOP
439 Shares