भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु

काठमाडौँ – निर्वाचन आयोगले भोलि आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगको चैत १८ गतेको बैठकले यस कार्यक्रम पुनः सुरु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
राष्ट्रिय परिचयपत्र (नागरिकता नम्बर) भएका नेपालीहरूले आफ्नो विवरण राष्ट्रिय परिचयपत्रमा देखिएको अनुसार अनलाइन भरी नाम दर्ता गर्न सक्नेछन्।
तर राष्ट्रिय परिचयपत्र नबनेका व्यक्तिहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो र औँठाछापसहित जैविक विवरण प्रविष्ट गर्नु पर्नेछ।
भट्टराईका अनुसार प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट पनि प्रत्यक्ष रूपमा मतदाता नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। आयोगले मतदाता दर्ता प्रक्रियामा सहजता र पारदर्शिता सुनिश्चित गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम आगामी निर्वाचनको आधारशिला भएकाले सबै योग्य नागरिकहरूले समयमै दर्ता गराउन आग्रह गरिएको छ।

Facebook Comments Box
भक्तपुरमा ‘स्विप अपरेसन’ तीव्र : एकै दिन ६० जना पक्राउ, बिस्केट जात्रा लक्षित सुरक्षा कडाइ
७ घण्टा अगाडि

2.3kViews 419 Shares Share on Facebook Share on Twitter भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्विप अपरेसन’ अन्तर्गत…

TOP
322 Shares