

अफगानिस्तानमा वर्षाका कारण ६१ जनाको मृत्यु, ११६ घाइते
काबुल – अफगानिस्तानमा भर्खरै परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ भने ११६ जना घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन्। उनका अनुसार घटनामा चार जना बेपत्ता भएका छन्।
मृत्यु हुने अधिकांश व्यक्ति देशको दक्षिणी र पश्चिमी प्रान्तमा रहेका छन्। यस वर्षाजन्य प्रकोपका कारण दुई हजार ४४८ घरहरू पूर्ण वा आंशिक रूपमा क्षति पुगेको छ भने विभिन्न प्रान्तमा कृषिवाली र खेतीयोग्य जमिन पनि बगाएको पुष्टि गरिएको छ।
अफगानिस्तानको मौसम विभागले आगामी दिनमा थप वर्षाको सम्भावना रहेको र विशेष गरी दुर्गम तथा कमजोर क्षेत्रहरूमा बाढीको उच्च जोखिम रहेको चेतावनी जारी गरेको छ।
सरकार र स्थानीय निकायहरूले प्रभावित क्षेत्रका जनतालाई सुरक्षा र राहत सामग्री पुर्याउने काममा सक्रियता देखाइरहेका छन्।
समाज
थप सामाग्री-
गुण्डागर्दी आरोपमा पक्राउ परेका वकिल बमलाई रिहा गर्न एमाले सचिव बस्नेतको माग
-
कास्की मिजुरे डाँडामा बिहान ८ः३४ बजे भूकम्पको धक्का
-
डोलप्रसाद अर्याल प्रतिनिधिसभा सभामुख पदमा औपचारिक रूपमा निर्वाचित हुँदै
-
३६ वर्षसम्म सुरक्षाकर्मीलाई ‘हत्कडी’—गृहमन्त्री सुधन गुरुङको टिप्पणीपछि बहस
-
भक्तपुरमा ‘स्विप अपरेसन’ तीव्र : एकै दिन ६० जना पक्राउ, बिस्केट जात्रा लक्षित सुरक्षा कडाइ
आज चैत २२ गते आइतबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
4.0kViews 284 Shares Share on Facebook Share on Twitter मेष- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । व्यापारमा सोचे अनुसारको फाइदा…



