एसएसपी रमेश थापाको नेतृत्वमा काठमाडौँ प्रहरीको कडा अपरेसन : बिचौलिया र गुण्डागर्दीमा संलग्न सयौँ पक्राउ

काठमाडौँ — नेपाल प्रहरी द्वारा राजधानीमा सञ्चालन गरिएको विशेष अपरेसनअन्तर्गत बिचौलिया, गुण्डागर्दी तथा सर्वसाधारणलाई दुःख दिने गतिविधिमा संलग्न ८९ जनालाई पक्राउ गरिएको छ। एक साताको अवधिमा गरिएको कारबाहीलाई थप प्रभावकारी बनाउँदै पछिल्लो २४ घण्टामै थप १५० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार सार्वजनिक सेवा प्रवाहका नाममा सर्वसाधारणलाई हैरानी दिने, बसपार्क, विमानस्थल र यातायात कार्यालय वरपर सक्रिय बिचौलियाविरुद्ध लक्षित अपरेसन सञ्चालन गरिएको हो। “नागरिकलाई दुःख दिने, ठगी गर्ने र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूमाथि निरन्तर निगरानी राखी कारबाही अगाडि बढाएका छौँ,” उनले बताए।

यसैगरी, रात्रिकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रमा समेत विशेष निगरानी बढाइएको छ। सोही क्रममा नितान्त गुण्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको र संलग्नताको आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

अविनारायण काफ्ले, केन्द्रीय प्रवक्ता (डीआईजी) ले देशभरका प्रहरी कार्यालयलाई बिचौलिया, दुव्र्यवहार तथा आपराधिक गतिविधिमा संलग्नविरुद्ध कडाइका साथ कारबाही गर्न परिपत्र जारी गरिसकेको जानकारी दिए। सोही निर्देशनअनुसार देशभर अपरेसन तीव्र पारिएको छ।

यस सम्पूर्ण अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका रमेश थापा (एसएसपी) को कार्यसम्पादनको उच्च मूल्यांकन गरिएको छ। प्रहरी संगठनभित्र अनुशासन कायम गर्दै अपराध नियन्त्रणमा दृढता देखाएको भन्दै उनको नेतृत्वलाई उदाहरणीय मानिएको छ।

Facebook Comments Box
भक्तपुरमा ‘स्विप अपरेसन’ तीव्र : एकै दिन ६० जना पक्राउ, बिस्केट जात्रा लक्षित सुरक्षा कडाइ
७ घण्टा अगाडि

2.3kViews 419 Shares Share on Facebook Share on Twitter भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्विप अपरेसन’ अन्तर्गत…

TOP
445 Shares