

रौतहटमा बोका चोरी गर्ने युवक पक्राउ, हराएको बोका किसानलाई फिर्ता
मधेस ।
रौतहटमा बोका चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–६ उचिडीका अन्दाजी २७ वर्षीय विक्रम ठाकुर रहेका छन्।
प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–५ निवासी किसान शिवम माझीको घरमा बाँधेर राखिएको बोका हराएको उजुरीपछि खोजी तीव्र पारिएको थियो। सोही क्रममा प्रहरीले बोका सहित विक्रमलाई नियन्त्रणमा लिन सफल भएको हो।
नियन्त्रणमा लिइएका विक्रममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको बोका भने सम्बन्धित किसान शिवम माझीलाई फिर्ता गरिएको छ।
यस घटनाले ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरीका घटनाप्रति सचेत रहनुपर्ने आवश्यकता पनि औंल्याएको छ।
समाज
थप सामाग्री-
सामुदायिक सहकार्यले मात्रै सम्भव शान्ति सुरक्षा : एसएसपी रमेश थापा
-
वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाद्वारा आरोहण
-
सशस्त्र प्रहरीमा नयाँ नेतृत्व चयनको तयारी तीव्र, आईजीपी दौडमा तीन एआइजीबीच प्रतिस्पर्धा
-
फेक रेस्क्यु ठगी प्रकरणः अनुसन्धानमै चलखेल, दोषी उन्मुक्ति र राज्य संयन्त्रमाथि गम्भीर प्रश्न
-
फेक रेस्क्यु काण्ड: प्रभावशाली सञ्जालले न्यायलाई बन्धक बनायो
आज वैशाख ०६ गते आइतबार,यस्तो छ तपाईको राशिफल
२ घण्टा अगाडि
1.9kViews 374 Shares Share on Facebook Share on Twitter मेष- प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ…



