

आमा बन्दै काजल अग्रवाल
काठमाडौं / नयाँ वर्षको सुरुवातसँगै दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालका फ्यानका लागि एउटा खुसीको खबर छ । उनका पति गौतम किचलूले पत्नी तथा अभिनेत्री काजल चाँडै आमा बन्न लागेको खुलाएका छन् ।
पछिल्लो केही समयदेखि काजल गर्भवती भएको अनुमान लगाइए पनि अहिले आएर यो खबरको पुष्टि भएको हो ।
गौतमले शनिबार आफ्नो इन्स्टाग्राममा काजलको एक तस्बिर सेयर गरेका थिए । ‘२०२२ तपाईंको पखाईमा छ’, उनले लेखेका थिए । यो क्याप्सनसँगै उनले गर्भवती महिलावाला इमोजी पोस्ट गरेका थिए ।
यसअघि काजलले शुक्रबार पतिका साथ एक तस्वीर सेयर गरेकी थिइन् । तस्बिरमा अभिनेत्रीले आफ्नो बेबी बम्प देखाएकी थिइन् । तस्बिरमा उनी हरियो रंगको थाई हाई स्लिट गाउनमा सुन्दर देखिएकी थिइन् ।
काजल र गौतमले हालैमात्र विवाहको पहिलो वार्षिकोत्सव मनाएका थिए । यो जोडीले सन् २०२० अक्टोबरमा मुम्बईमा विवाह गरेका थिए । उनीहले कोरोना निर्देशिका पालना गर्दै विवाह गरेका थिए ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
६ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



