

चैत्र २३-२६ सम्म केन्द्रीय समितिकाे विस्तारित बैठक हुने
काठमाडौं,८ चैत्र
संयुक्त नागरिक पार्टी (संनापा) ले आगामी चैत्र २३ देखि २६ गतेसम्म केन्द्रीय समितिको विस्तारित बैठक बस्ने निर्णय गरेको छ । यहि चैत्र ०५ गतेका दिन पार्टीका अध्यक्ष दल मर्दन कामीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा बसेको केन्द्रीय समितिको बैठकले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ कुनैपनि क्षेत्रबाट जीत हासिल गर्न नसकेको र समानुपातिक तर्फपनि थ्रेसहाेल्ड कटाउन नसकेकोले त्यस विषयमा गम्भीर समिक्षा गर्दै आगामी दिनका लागि प्रभावकारी कार्यनीति तथा रणनीति बनाउनका लागि बृहत् छलफल गर्न आगामी चैत्र २३ र २४ गते पदाधिकारी समितिको र २५ र २६ गते पदाधिकारी सहित केन्द्रीय समितिकाे विस्तारित बैठक बोलाउने निर्णय गरेकाे जानकारी साे पार्टीका उपमहासचिव तथा कार्यालय प्रमुख नरेश क्षितिजले दिएक छन् ।
काठमाडौंको सामाखुसी स्थित ईम्प्याक्ट सेन्टरमा बस्ने उक्त विस्तारित बैठकमा सहभागी हुन पार्टीका केन्द्रीय पदाधिकारी,सचिवालय,केन्द्रीय सदस्य,सबै विभागीय प्रमुुख तथा पदाधिकारीहरु,प्रदेश समितिका पदाधिकारीहरु,जिल्ला समितिका पदाधिकारीहरु,प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्वारहरु,निर्वाचन परिचालन समितिका संयोजकहरुलाई समेत आव्हान गर्दै परिपत्र जारी गरिएकाे उनले जानकारी दिएका छन् ।
केन्द्रीय कार्यलय प्रमुख क्षितिजद्वारा हस्ताक्षरित परिपत्रमा उल्लेख गरिएकाे छ ” प्रतिनिधि सभा सदस्य निर्वाचन २१ फागुन २०८२ मा प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेद्वारी दिनुभएका सबै उम्मेद्वारहरु र निर्वाचनमा अहाेरात्र खटिनु भएका निर्वाचन परिचालन समितिहरु तथा प्रतिनिधिहरु, नेता कार्यकर्ताहरु,शुभेच्छुक,शुभचि
गत ५ गते सम्पन्न बैठकमा सहभागी विभिन्न जिल्लाका अध्यक्ष/संयाेजक एवम् प्रतिनिधि तथा उम्मेद्वारहरुद्वारा प्रस्तुत रिपाेर्टहरुलाई टिपाेट गरि त्यसलाई समेत समेटेर अध्यक्ष र महासचिवद्वारा राजनीतिक प्रतिवेदनका रुपमा साे विस्तारित बैठकमा प्रस्तुत गरिने निर्णय गरेकाे जानकारी पनि उनले दिएका छन् ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
७ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



