आज वैशाख १४ गते सोमबार,यस्तो छ तपाईको राशिफल

मेष- नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनुपर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनुहोला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ।

वृष- चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ । पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

मिथुन- व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसँग पनि भेटघाट होला।

कर्कट- खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजक रहनु होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारी साधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा परिएला । यात्राको क्रममा सावधान रहनुहोला।

सिंह- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भएपनि सफल हुनेछ, दिन रमाइलै छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला।

कन्या- आज तपाइको धन लाभको योग छ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ । यात्राको पनि सम्भावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ।

तुला- नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ। लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ।

वृश्चिक- व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनुहोला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ ।

धनु- ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै मनमा केहि दुविधा पनि रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ । सोचेको काम समयमै सम्पन्न नहोला।

मकर- खर्चभन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, वैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।

कुम्भ- कामहरु सजिलैसँग बन्नेछन्। कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ। काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ।

मीन- वादविवादको सामना गर्नुपर्ला। पेशागत रुपमा समस्या देखिन सक्छ, घर परिवारमा केही मनमुटाव होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन। ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन्।

Facebook Comments Box
कक्षा १२ परीक्षाअघि शिक्षामन्त्री सस्मित पोखरेलको शुभकामना : “आत्मविश्वासका साथ परीक्षा दिनुहोस्”
४ घण्टा अगाडि

1.8kViews 398 Shares Share on Facebook Share on Twitter काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरु हुनुअघि शिक्षामन्त्री सस्मित…

TOP
237 Shares