नेपाली कांग्रेसका दुई महत्वपूर्ण बैठक आज, समसामयिक राजनीति र अनुशासनमा केन्द्रित छलफल

काठमाडौं । नेपाली काङ्ग्रेसको कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा पछिल्ला गतिविधिबारे गहन छलफल हुने जनाइएको छ । बैठकलाई पार्टीभित्रको रणनीतिक निर्णयका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

यस्तै, दिउँसो २ बजे सोही स्थानमा केन्द्रीय अनुशासन समितिको बैठक बस्ने तय भएको छ । उक्त बैठकमा पछिल्लो समय विभिन्न कारणले स्पष्टीकरण सोधिएका नेताहरूका विवरण, उनीहरूको जवाफ तथा अनुशासनसँग सम्बन्धित विषयमा समीक्षा गरिनेछ ।

एकै दिन दुई महत्वपूर्ण बैठक बस्न लागेकाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन, अनुशासन कायम गर्ने प्रयास र आगामी राजनीतिक रणनीति तय गर्ने सन्दर्भमा यी बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Facebook Comments Box
कक्षा १२ परीक्षाअघि शिक्षामन्त्री सस्मित पोखरेलको शुभकामना : “आत्मविश्वासका साथ परीक्षा दिनुहोस्”
४ घण्टा अगाडि

1.9kViews 398 Shares Share on Facebook Share on Twitter काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरु हुनुअघि शिक्षामन्त्री सस्मित…

TOP
397 Shares