कक्षा १२ परीक्षार्थीलाई आईजीपी दानबहादुर कार्कीको शुभकामना: ‘राष्ट्रसेवामा समर्पित युवा शक्तिको प्रतीक्षा’

काठमाडौं । आजदेखि सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई नेपाल प्रहरीका प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सफलताको शुभकामना व्यक्त गरेका छन्।

उनले परीक्षार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै भनेका छन्, “परीक्षाको उत्तरपुस्तिकाबाट सुरु भएको तपाईंहरूको सपनाको यात्रा जिम्मेवार नागरिकतर्फ अघि बढ्दै जाँदा, अनुशासन, इमान्दारिता र समर्पणको उच्च मान्यतामा उभिएको नेपाल प्रहरी जस्तो गौरवशाली संगठन सधैं तपाईंहरूजस्ता सक्षम, ऊर्जावान र राष्ट्रप्रति समर्पित युवाशक्तिको प्रतीक्षामा रहनेछ।”

आईजीपी कार्कीले निकट भविष्यमा नेपाल प्रहरीका जनपद तथा प्राविधिक समूहका विभिन्न पदहरूमा सेवा प्रवेश गर्दै विद्यार्थीहरूले आफ्नो ज्ञान, सीप र क्षमतालाई राष्ट्रसेवामा रूपान्तरण गर्ने अवसर प्राप्त होस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।

कक्षा १२ को परीक्षा आजदेखि देशभर सुरु भएको हो।

Facebook Comments Box
लगातार वर्षाले बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन निर्माण जारी
५ घण्टा अगाडि

1.6kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको वर्षाका कारण बिपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा…

TOP
279 Shares