

माइतीघर मण्डलामा झडप: धर्नास्थलमा पुगेपछि अम्बिका बस्नेत र शोभा पाठकबीच तनाव
काठमाडौं — आइतबार दिउँसो माइतीघर मण्डलामा धर्ना कार्यक्रमका क्रममा दुई पक्षबीच झडप हुँदा केही समयका लागि अवस्था तनावपूर्ण बनेको छ। नेकपा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र अभियन्ता शोभा पाठकबीच विवाद चर्किँदै हात हालाहालको अवस्थासम्म पुगेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको हो।
दिउँसो करिब १२ बजेतिर भएको घटनामा शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू सुधन गुरुङको पुनर्वहालीको माग गर्दै धर्नामा बसिरहेका थिए। सोही क्रममा अम्बिका बस्नेत आफ्नो समूहसहित धर्नास्थल पुगेपछि दुवै पक्षबीच भनाभन सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। केहीबेरमै विवाद झडपमा परिणत हुँदा स्थिति अस्थिर बनेको थियो।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरी टोलीले तत्काल हस्तक्षेप गरी दुवै पक्षलाई छुट्याएको थियो। घटनापछि प्रहरीले अम्बिका बस्नेतसहित केही महिलालाई नियन्त्रणमा लिएको जनाएको छ। झडपपछि माइतीघर क्षेत्रमा केहीबेर सुरक्षा सतर्कता बढाइएको थियो।
यसअघि अभियन्ता शोभा पाठकले महेश बस्नेतमाथि कारबाहीको माग गर्दै अनशनसमेत बसेकी थिइन्। अनशनकै क्रममा तत्कालीन गृहमन्त्री सुधन गुरुङले भेटेपछि उनले अनशन तोडेकी थिइन्। गुरुङले पदबाट राजीनामा दिएपछि पनि पाठकले उनको पुनर्वहालीको माग गर्दै आन्दोलन जारी राखेकी छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ।
समाज
थप सामाग्री-
नेकपाको राष्ट्रिय महाधिवेशन मंसिर ११–१५ गते काठमाडौंमा हुने, तयारी कार्यतालिका सार्वजनिक
-
नारायणदत्त पौडेल सशस्त्रको महानिरीक्षक नियुक्त
-
माइतीघर मण्डलामा झडप: धर्नास्थलमा पुगेपछि अम्बिका बस्नेत र शोभा पाठकबीच तनाव
-
बर्दियामा अतिक्रमणविरुद्ध कडाइ : वन क्षेत्र खाली गर्न १५ दिने अल्टिमेटम
-
शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु
मन्त्रिपरिषद् बैठक आज: संवैधानिक परिषद् अध्यादेशबारे छलफल सम्भावना
६ घण्टा अगाडि
2.2kViews 206 Shares Share on Facebook Share on Twitter काठमाडौं । बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक…



