

खड्का समूहको बैठक आज, रणनीति तय गर्ने तयारी
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहको बैठक आज बस्ने भएको छ।
महाराजगन्जस्थित स्मार्ट होटलमा आयोजना हुने बैठकमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरू सहभागी हुनेछन्। बैठकबारे जानकारी दिँदै निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले समूहको आगामी रणनीतिबारे महत्वपूर्ण छलफल हुने बताइन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि विकसित राजनीतिक परिस्थितिबारे साझा धारणा तय गर्न खड्काले बैठक आह्वान गरेका हुन्। पछिल्लो निर्णयले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी कदमबारे बहस तीव्र बनेको छ।
यद्यपि, डा. शेखर कोइराला समूह भने उक्त बैठकमा सहभागी नहुने जनाएको छ, जसले पार्टीभित्रको आन्तरिक समीकरण अझ स्पष्ट हुने संकेत गरेको छ।
समाज
थप सामाग्री-
लाइसेन्स वितरणमा नयाँ कडाइ: उमेर हद र स्वास्थ्य मापदण्डमा व्यापक परिवर्तनको प्रस्ताव
-
बाराको तीनदिने ‘इज्तेमा’ शान्तिपूर्ण रूपमा सम्पन्न, लाखौं श्रद्धालुको सहभागिता
-
प्रहरी निरीक्षक बसन्त कुमार दाहालको सम्मानजनक बिदाई
-
काठमाडौँको सुरक्षा सुदृढीकरणमा एसएसपी रमेश थापाको प्रभावकारी कमाण्ड
-
देशभर आंशिकदेखि सामान्य बदली, पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज वैशाख १५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
४ घण्टा अगाडि
3.3kViews 370 Shares Share on Facebook Share on Twitter मेष- बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ…



