देशभर आंशिकदेखि सामान्य बदली, पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली कायम छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको पनि जनाइएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराईका केही क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेससहित अन्य प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशका अधिकांश पहाडी र हिमाली भूभागमा बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका धेरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षा र हिमपातसमेत हुन सक्ने चेतावनी दिइएको छ।

महाशाखाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box
TOP
301 Shares