

लाइसेन्स वितरणमा नयाँ कडाइ: उमेर हद र स्वास्थ्य मापदण्डमा व्यापक परिवर्तनको प्रस्ताव
काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी व्यवस्थामा व्यापक संशोधन गर्दै उमेर हद र स्वास्थ्य मापदण्ड कडाइ गर्ने नयाँ प्रस्ताव अघि सारेको छ । प्रस्तावित व्यवस्था अनुसार सवारी साधनको प्रकारअनुसार न्यूनतम उमेर सीमा तोकिएको छ भने निश्चित स्वास्थ्य अवस्थाका व्यक्तिहरूलाई लाइसेन्स वितरणमा रोक लगाइनेछ ।
नयाँ प्रस्तावअनुसार दुई तथा तीन पाङ्ग्रे सवारी चलाउन १८ वर्ष उमेर पूरा हुनुपर्नेछ । त्यस्तै, साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि न्यूनतम २१ वर्ष र ठूला सवारी साधन सञ्चालन गर्न २३ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
यस्तै, सडक सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित ६५ वर्ष उमेर पूरा भएका व्यक्तिहरूलाई ठूला तथा मझौला सार्वजनिक सवारी चलाउन नपाउने व्यवस्था ल्याउने तयारी गरिएको छ ।
स्वास्थ्य मापदण्डतर्फ पनि कडाइ गर्दै छारे रोग, मानसिक स्वास्थ्य समस्या तथा रङ पहिचान गर्न नसक्ने (कलर ब्लाइन्डनेस) समस्या भएका व्यक्तिहरूलाई लाइसेन्स जारी नगर्ने व्यवस्था प्रस्तावमा समावेश गरिएको छ ।
सरकारले यी परिवर्तनलाई यातायात सुरक्षा सुधार र दुर्घटना न्यूनीकरणसँग जोडेर अघि बढाएको बताइएको छ ।
समाज
थप सामाग्री-
लाइसेन्स वितरणमा नयाँ कडाइ: उमेर हद र स्वास्थ्य मापदण्डमा व्यापक परिवर्तनको प्रस्ताव
-
बाराको तीनदिने ‘इज्तेमा’ शान्तिपूर्ण रूपमा सम्पन्न, लाखौं श्रद्धालुको सहभागिता
-
प्रहरी निरीक्षक बसन्त कुमार दाहालको सम्मानजनक बिदाई
-
काठमाडौँको सुरक्षा सुदृढीकरणमा एसएसपी रमेश थापाको प्रभावकारी कमाण्ड
-
देशभर आंशिकदेखि सामान्य बदली, पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज वैशाख १५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
३ घण्टा अगाडि
2.8kViews 370 Shares Share on Facebook Share on Twitter मेष- बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ…



