

यौन अखडा बन्दै होटल कृपा
काठमाडौं, ५ फागुन । हिन्दुहरुको पवित्र स्थल र विश्व सम्पदा सूचिमा सुचिकृत रहेको पशुपति क्षेत्रमा संचालित होटल कृपामा प्रहरीकै संरक्षणमा यौन अखडा संचालन रहेको खुलासा भएको छ ।
काठमाडौंको धार्मिक मुटुको रुपमा हेरिने पशुपति क्षेत्रमा आन्तरिक तथा बाह्य तिर्थयात्रीहरुलाई लक्षित गरी होटलहरु संचालन गर्नुपर्ने भए पनि पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण छिमेकी राष्ट्र भारतबाट तिर्थयात्री नआएपछि पछिल्लो समय सो क्षेत्रका होटलहरु यौन प्यास मेटाउने थलो बन्दै आएको छ ।
पशुपति क्षेत्रमा संचालित स्तरीय होटलको रुपमा रहेको होटल कृपा प्रा.लि. समेत यौन प्यास मेटाउने थलो बनेको खुलेको छ । हाम्रा प्रतिनिधिले सो होटलमा नास्ता खानको लागि जाँदा होटलका कर्मचारीले सिधै यौन प्यास मेटाउने प्रस्ताव राखेका थिए । ती कर्मचारीका अनुसार एक हजारदेखि पाँच हजार रुपैयाँसम्मका युवतीहरुलाई फोनबाटै बोलाई यौन प्यास मेटाउन सकिने बताएका थिए ।
युवतीहरुलाई फोनबाटै बोलाई ग्राहकको चाहनाअनुसार यौन प्यास मेटाउँदै आउने गरेको ती कर्मचारीले हाम्रा प्रतिनिधिलाई बताएपछि, प्रतिनिधिले उत्सुकतापूर्वक प्रहरीले छापा हान्छ कि हान्दैन भन्दा ती कर्मचारीले हामीले प्रहरीलाई सेटिङ मिलाएका छौं, ढुक्क हुनुहोस्, यौन प्यास मेटाउनुहोस् भन्दै होटलको भिजिटिङ कार्डसमेत दिएका थिए ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



