मोबाइल पसल फुटाई चोरी गर्ने २ जना पक्राउ
काठमाडौं फागुन १९ ।काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका-५ ठेगाना भएका २४ वर्षीय शुरेस गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-५ ठेगाना भएका २२ वर्षीय गणेश क्षेत्री रहेका छन् ।
पसलको झ्याल फुटाई गत माघ १८ गते राति पसलमा रहेका बिभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, १ थान गितार र २५ थान स्मार्ट घडी गरी करिब १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित बिजि महल अगाडिबाट चोरीका सामान सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ८ थान सिलप्याक मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान स्मार्ट घडी, १ थान गितार, १ थान पावर बैंक र १ थान आईआर नाईट भिजन समेत बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको उक्त महाशाखाले जनाएको छ ।
समाज
थप सामाग्री-
आज फागुन १९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
-
नेपाल प्रहरीको रूपान्तरणका १०१ दिन: दानबहादुर कार्कीको नेतृत्वमा नयाँ दिशातर्फ दृढ कदम
-
जनकपुरधाममा भव्य रूपमा भित्रियो मिथिला माध्यमिकी परिक्रमा
-
समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गर्न भन्दै संयोजक प्रचण्डले दिए फागु पूर्णिमाको शुभकामना
आईजीपी दानबहादुर कार्कीको ‘सुनौलो १०० दिन’ : रूपान्तरणतर्फ उन्मुख नेपाल प्रहरीको सशक्त आरम्भ
१ दिन अगाडि
2.1kViews 254 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालको ३३औँ प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेको…



