कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष स्थगित
काठमाडौँ । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ ।
‘सांसदहरूले बोल्ने क्रम सकिएको छ । मन्त्रीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । २४ गते संसद्को बैठक बस्छ । त्यहिदिन बिहान बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ’, उनले भने, ‘आजको बैठकमा अध्यादेशको विषयमा सांसदहरूले कुरा उठाउनुभएको छ । ती बाहेक आफ्ना क्षेत्रका समस्याबारे कुरा उठेका छन्’, उनले भने ।
यस्तै ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल हल गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेको र उनले संसदीय मामिला मन्त्रालयको सचिवलाई बोलाएर तत्काल वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको जानकारी दिए ।
समाज
थप सामाग्री-
चुनावअघि नै ठप्प काठमाडौं : मध्यरातदेखि लामो दूरीका गाडी बन्द, बैंक काउन्टर सेवा पनि रोकिने
-
फाल्गुन २१ को निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा होइन—यो शासन संस्कार परिवर्तनको अवसर हो
-
आज फागुन २१ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि देशव्यापी विशेष सुरक्षा योजना लागू
-
जनकपुरधाममा निर्वाचनको सबै तयारी पूरा : ढुक्क भएर मतदान गर्न आग्रह
आज फागुन २० गते बुधबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
4.0kViews 157 Shares Share on Facebook Share on Twitter मेष- आज अनावश्यक विवादमा पर्ने सम्भावना छ, त्यसैले संयम अपनाउनुहोस्। यात्रा गर्दा…



