

पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार बढी सहयोग
काठमाडौँ, २७ वैशाख : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’ मा रु एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गर्नु भएको छ ।
सुदूरपश्चिम प्रदेश भरीकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यही वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि रु एक लाख ११ हजार एक सय ११ आज प्रदान गर्नु भएको हो ।”
महायज्ञलाई सफल बनाउन बडिकेदार क्षेत्रका नागरिक तथा भक्तजनबाट सहयोग भईरहेको र आज पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य आलेले रु एक लाख ११ हजार एक सय ११ दिने जानकारी प्राप्त भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनु भएको समयमा बडिकेदारको विकास एवं स्तारोन्नतीका लागि रु आठ करोड बजेट विनियोजन गर्नु भएको थियो ।
पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य आले हालसम्मकै सबै भन्दा बढी सहयोग गर्ने व्यक्तिमा पर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा जंगली जनावरको आतंक : हात्ती र चितुवाका कारण बस्ती त्रसित
-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
१९ घण्टा अगाडि
1.4kViews 253 Shares Share on Facebook Share on Twitter विदेशमा करियर बनाउने सपना आज लाखौं युवाहरूको साझा आकांक्षा बनेको छ।…



