गंगा सुवेदीको स्वरमा ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत सार्वजनिक

गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक गरेकी छन् । कम्पोजर एरेन्जर, साथै गीतको भावलाई शब्दमा ढाल्न र गितको विच विचमा स्वर भर्ने कार्य राजेन्द्र बजगाईले गरेका छन् । उनले लिरिक्सलाई पूर्णता दिन पनि महत्त्वपूर्ण सहयोग गरेका छन् ।

यो गीत केवल सिर्जना मात्र होइन, सुवेदी परिवारले भोगेको गहिरो पीडा र जीवनका कठोर अनुभूतिहरूको दस्ताबेज हो । गंगाको बुबा २०८० साल फागुन २५ गते अकस्मात् संसारबाट बिदा भए । त्यो क्षणले परिवार र गंगाको सम्पूर्ण जीवनमा उतारचढाव ल्याईदियो ।  घरको मूल आधार, परिवारको भरोसा, सङ्घर्षको प्रेरणा श्रोत बुबाको वियोगपछि सुवेदी परिवार अत्यन्तै विक्षिप्त बनेको स्मरण गंगाले गरेकी छिन् ।
गंगाले आफूले भोगेको जीवन–सङ्घर्ष खुलाउँदै भन्छिन्, “आमाबुबाको हातखुट्टामा चर्चरी रगत बगेको, मुखबाट रगत निस्कने गरी हाम्रो लागि दुख गर्नुभएको भयावह दृश्य देखेर म सानै उमेरमा कमाउन निस्किए । प्लस टु सकाएर स्नातक तहमा अध्ययनरत हुँदा कर्णालीको यात्रामा जागिरको लागि निस्किँदा आमाबुबाले आँसुका धारा बगाउँदै भनेका शब्दहरू सम्झिदा पनि गाह्रो हुन्छ” । जागिरे जीवन सँगै गंगाले मास्टर डिग्री हासिल गरेकी छिन भने कानुनमा एलएलवि तह उर्तिण गरेकी छन् ।

गंगाले भोगेको पीडा, अधुरो सपना र अपार माया गीतमा मिसिएको छ । बुबाले सन्तानलाई आत्मनिर्भर बनाउन आफ्ना सबै सपना र जीवनलाई बलिदान दिएको उनले भावुक हुँदै सम्झिन्छिन् । उनी भन्छिन्, जति नै दुख  गर्नुपरे पनि सन्तानको शिक्षादीक्षालाई बुबाले  पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो । आफैँ बेचिएर पनि तिमीहरूलाई पढाउँछु, मेरो सम्पत्ति नै तिमीहरू हो, हामीले जस्तो दुख तिमीहरूले गर्न नपरोस् भन्नुहुन्थ्यो । घरको जेठो सन्तान ससाना भाइबहिनी, बाबाआमाको चरम सङ्घर्षलाई देख्न नसकेर अब कमाउन पर्छ, भाईवहिनीलाई पढाउन पर्छ सक्षम बनाउन पर्छ । हामी सबै आत्मनिर्भर भयौ भने बाबाआमालाई सुखको आभास गराउन सकिन्छ भन्ने सोच बोकेर घरदेखि टाढा सानै उमेरमा जागिरको लागि निस्किएको उनी बताउँछिन् । तर जब सन्तान आत्मनिर्भर बन्दै थिए, बाबाआमालाई सुख दिने समय आएको थियो, त्यति बेला नै बाबाले हामीलाई अकस्मात् छाडेर जानुभयो,” गंगाको बोलीसँगै मन भक्कानिन्छ । बुबाको असामयिक निधनपछि लेखिएका शब्दहरू नै आज गीत बनेर सार्वजनिक भएका छन् ।

जन्मपश्चात् मृत्यु निश्चित छ भन्ने थाहा हुँदाहुँदै पनि कतिपय वियोगले अत्यधिक पिडा दिने रहेछ । हामीले बाबाआमाप्रति देखेको सपना थोरै भएपनी साकार बनाएर केही समय मात्र भए पनि रमाएको देख्न पाएका थियौ भने, उपचार गर्ने मौका पाएका थियौ भने पनि यति धेरै पिडा हुने थिएन की जस्तो लाग्छ भक्कानिँदै उनी बताउँछिन् । गंगाका अनुसार, बुबा सधैँ परिवारको खम्बा, प्रेरणाको स्रोत र साहसको प्रतिमूर्ति थिए । कामको सिलसिलामा बाहिर हुँदा पनि हरेक दिन बुबासँगको वार्तालापले आत्मबल बढाउने गर्थ्यो । तर आज त्यही आवाज, त्यही मायालु साथ गुमाउनु परेको पीडाले हरेक पल मन बहकाइरहेको हुन्छ उनी बताउँछिन् ।

उनले बुबालाई स्मरण गर्दै भनेकी छिन्, “आमाको मुख हेर्न दिन बजारमा भीडभाड हुन्छ, सबै आमा खुवाउन आउँछन् तर बुबाको मुख हेर्ने दिनलाई त्यस्तो महत्त्व दिइँदैन किन होला भनेर मम्मीसँग कुरा गर्नुहुन्थ्यो रे । बुबा जीवित रहुन्जेल हामी भोलीलाई सुन्दर बनाउने सपना साकार पार्न कमाउन मात्र लाग्यौँ, बुबाले यति चाँडै छोडेर जानुहुन्छ भन्ने कल्पना पनि गरेका थिएनौँ । अहिले बुबाको हरेक शब्दहरू, वाणीहरू सम्झनामा सीमित बनाउन परेको छ ।
पीडालाई शक्तिमा बदल्दै जीवन अघि बढाइरहेकी गंगा भन्छिन्, “रुँदै–हाँस्दै, लड्दै–उठ्दै जीवनलाई सार्थक बनाउन लम्किरहेकी छु । बुबाको आशीर्वाद सधैँ हामीसँग छ भन्ने विश्वासले हिम्मत थपिएको छ ।” गीतले केवल व्यक्तिगत पीडालाई मात्र नभई, आमाबाबाको त्याग, सङ्घर्ष र निस्वार्थ मायाको कदर गर्नुपर्ने गहिरो सन्देश पनि दिएको छ ।

यस वर्षको बाबाको मुख हेर्ने दिनको अवसरमा स्वर्गीय बुबालाई उपहार स्वरूप सम्झनास्वरुप गंगाले ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । साङ्गीतिक क्षेत्रमा गंगाको यो पहिलो शृजना हो । जीवनको सबैभन्दा पिडादायी समयमा छचल्किएका शब्दहरू गीतमा उतारिएको छ ।

Facebook Comments Box
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि

1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…

TOP
405 Shares